नियम १३५
अधिकार प्रत्यायोजन
(१) नेपाल सरकारले यस नियमावली बमोजिम आफुलाई प्राप्त अधिकार कुनै निजामती कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यस नियमावली बमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग गर्ने गरी निजले आफु
मुनिका निजामती कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।